
पोखरा : विभागीय क्लब नेपाल आर्मीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक सहारा क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा भएको खेल सहाराले आर्मीलाई ४-३ ले पराजित गरेको हो। निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमो अतिरिक्र समयमा पनि दुवैतर्फ गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
अतिरिक्त समयको अन्त्यतिर आर्मीका भरत खवासलाई फल गरेपनि सहाराका बब्लीलाई रेफ्रिले सिधा रातो कार्ड देखाएका थिए।
जितसँगै सहाराले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग बेहोरेको हारको बदला पनि लिएको छ। सहारा फाइनलमा पुगेको यो तेस्रो पटक हो।
एघारौ संस्करणको फाइनलमा थ्री स्टारसँग पराजित भएको सहराले १२ औं संस्करणमा मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो।
सहाराले आर्मीलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमै पराजित गरेको यो दोस्रो पटक हो। एघारौं संस्करणमा पनि सहाराले आर्मीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको थियो।
सहराले अब उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र सिएमजी संकटाको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ।
(फोटो : गोलनेपाल डट कम)