PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

'नेपाली राजनीतिको पुनर्गठन' सार्वजनिकसँगै बहस



पहिलोपोस्ट

'नेपाली राजनीतिको पुनर्गठन' सार्वजनिकसँगै बहस

काठमाडौं : केशव दाहालद्वारा लिखित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’ सार्वजनिक भएको छ।
 
काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा नेपाली राजनीतिमा सक्रिय पाँच महिला नेतृहरु लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री, रञ्जु दर्शना, कमला रोका, इन्दु शर्माले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे।

पुस्तक सार्वजनिकसँगै नेपाली राजनीतिको पुनर्गठनका सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो। नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता घनश्याम भुसाल, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा तथा इन्जिनियर सूर्यराज आचार्य सहभागी अन्तरक्रियालाई लेखक उज्ज्वल प्रसाईंले सहजीकरण गरे।
 
वक्ताहरुले राजनीतिको पुनर्गठनका लागि लेखक दाहालको प्रयत्नको प्रशंसा गर्दै अबको राजनीतिको दिशा समृद्धिसँग जोडिनुपर्नेमा जोड दिएक थिए।
 
सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell