
काठमाडौं : गत डिसेम्वरमा साउथ एसियन ओलमिपक काउन्सिलको नेपालमा बसेको बैठकले १३ औं दक्षिण एसियाली खेलकुद साग गेम्स सन् २०१९ मार्चमा नेपालमा गर्ने निर्णय गरेको थियो।
गत वर्ष भारतमा सम्पन्न १२ औं सागमा २०१८ मै १३ औं साग गर्ने गरी नेपालले जिम्मेवारी लिएपनि उक्त बैठकले एक वर्ष पछि गर्ने घोषणा गरेको थियो। तर यदि नेपालले साग गेम २०१८ मा गर्न सक्दैन भने पाकिस्तानले २०१८ मै आफुहरु साग गेम्स गर्न तयार रहेको बताएको छ।
अहिले नेपालमा कुन ओलम्पिक कमिटी वैधानिक कुन अवैधानिक भन्ने विवाद चलिरहेको र छ र ठिक यही बेला पाकिस्तानले साग गेम्स गर्न तयार रहेको बताइरहादा यसले नेपाललाई थप धक्का दिएको छ।
पाकिस्तान ओलम्पिक एशोसिएसनका अध्यक्ष सइद आरिफ हसनले भनेका छन् पाकिस्तानले सन् २०२० को साग गेम्स आयोजना गर्छ र यदी नेपालले २०१८ मा नगर्ने हो भने पाकिस्तान २०१८ मा पनि साग गेम्स गर्न तयार छ।
रिटायर्ड लेफ्टीनेन्ट जेनेरल समेत रहेका हसनले पाकिस्तानको इस्लामावाद अर्को वर्ष साग गर्नको लागि उपयुक्त सहर रहेको समेत बताएका छन्। उनले इन्टरनेशनल स्टानडर्डमा साग गेम्स गर्नु महत्वपूण रहेको र सागको लागि आगामी तीन वर्षसम्म बजेट छुट्याउन सरकारसँग माग गरेका छन्।
पिओएका अध्यक्ष हसनले श्रीलंकाले आयोजना गर्ने तयारी गरेको तर यसपटक आफुहरु गर्ने बताए। उनले पाकिस्तानको नेशनल गेम पनि यही वर्षको सेप्टेम्वरमा आयोजना गर्ने घोषणा गरेका छन्।
यस्तै हसनले भारतीय खेलाडीलाई भिसा नदिने भन्ने सन्दर्भमा सम्बन्धित खेलसंघ मार्फत विदेशी निकायसँग छलफल भइरहेको बताएका छन्।