PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

जिपको ठक्करबाट वृद्धाको मृत्यु



पहिलोपोस्ट

भीमदत्तनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुल नजिक जिपको ठक्करबाट स्थानीय एक वृद्धाको मृत्यु भएको छ। 

राजमार्ग पार गर्ने क्रममा ७० वर्षीया सेती थापामगरलाई म १ च ४४४ नंको स्कोर्पियो जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

जिपको ठक्करबाट गम्भीर घाइते भएकी थापामगरलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले स्कारपियो जिप र चालक कैलालीको चुहा नगरपालिकाका विरुराज जैसीलाई नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell