PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​सवा करोडको लगानीमा विद्यालय भवन निर्माण



पहिलोपोस्ट

रसुवा : दाताहरुको सहयोगमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुईवटा विद्यालय भवन सम्बन्धित विद्यालयलाई बुधबार हस्तान्तरण गरिएको छ। 

जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको अगुवाइमा विभिन्न संस्थाहरुको लगानीमा धुन्चेमा निर्मित पक्की हिमाली छात्राबास र राम्चेको सेतीभूमि माविमा कक्षा कोठाका लागि निर्मित प्रिफेब भवन दाताहरुले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन्। 

रु ९२ लाखको लागतमा खाटसहितको सुविधायुक्त छकोठे छात्राबास र रु ३८ लाखको लागतमा चारकोठे विद्यालय भवन निर्माण गरिएको हो। छात्रावासम भने भण्डार, भान्छा, डाइनिङ रुम र शौचालय समेतको व्यवस्था छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell