PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

१८ महिनापछि एसएसपी सरुवा : काठमाडौं प्रमुखमा जोशी, महाशाखामा अमात्य (हेर्नुस् सूची)



पहिलोपोस्ट

१८ महिनापछि एसएसपी सरुवा : काठमाडौं प्रमुखमा जोशी, महाशाखामा अमात्य (हेर्नुस् सूची)

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको विवादका कारण रोकिएको एसएसपी सरुवाको निर्णय भएको छ। प्रहरी प्रधान कार्यालयले विवादका कारण लामो समयदेखि रोकिएको सरुवाको निर्णय बुधवार लिएको हो।

काठमाडौं परिसर र अपराध महाशाखामा सरुवाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच विवाद थियो। विवादका कारण सरुवामा ढिलाई भएको थियो।

सामान्य अवस्थामा एक वर्षमा सरुवा हुने गरे पनि एसएसपी सरुवामा विवाद हुँदा १८ महिनासम्म रोकिएको थियो। गृहमन्त्रीको सरुवा सुचीमा प्रहरी महानिरीक्षक अर्याल सहमत नहुँदा सरुवा रोकिएको थियो। 

आइजिपी अर्याल सहमत नभए गृहले पेलेर एक्लै सरुवा निकाल्ने तयारी गरेपछि बुधवार बेलुका आइजिपी र गृहमन्त्रीबीच सरुवामा सहमति भएको हो।

निर्णय अनुसार महानगरीय प्रहरी परिसरमा छविलाल जोशी सरुवा भई आएका छन्। यसअघि उनी अञ्चल प्रहरी कार्यालय धौलागिरीमा थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी दिनेश अमात्यले पाएका छन्। सर्वेन्द्र खनालको सरुवापछि अमात्यलाई महाशाखाको जिम्मेवारी दिइएको हो। खनाललाई महानिरीक्षकको निजी सचिवालयमा रहनेगरी सरुवा गरिएको छ। 

यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखाका एसएसपी ठुले राईलाई पठाइएको छ। लागू औषध नियन्त्रण ब्यूरोको जिम्मा धिरु बस्नेतलाई दिइएको छ।

कार्यालयले बढुवा भई रिक्त रहेका र खाली रहेका विभिन्न कार्यालयहरुमा सरुवा गरेको हो।


सरुवा सूची






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell