गाईघाट : त्रियुगा नगरपालिकाले आफ्नै मातहतमा नगर प्रहरी नियुक्ति गरेर परिचालन गरेको छ।
नगरपालिकाभित्रको फोहर व्यवस्थापन, सवारी आवागमन व्यवस्थापन र नगर गस्तीका लागि पहिलोपटक नगर प्रहरी नियुक्त गरेर परिचालन गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त न्यौपोनेले बताए।
नगरपालिकालाई स्थानीय स्वायत्तता ऐनअन्तर्गत नगर प्रहरी तथा सुरक्षागार्ड राख्न र परिचालन गर्न पाउने अधिकार रहेको छ। ढिलै भए पनि यो कार्य आफूले त्रियुगा नगरपालिकामा थालनी गरेको अधिकृत न्यौपानेले बताए।
हाललाई पाँचजना नगर प्रहरी नियुक्त गरिएको छ । नगरपालिका स्थापना भएको १८ वर्षपछि नगर प्रहरी परिचालन गरिएको छ। रासस