PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​पूर्वराजपरिवारको नामको १० कट्ठा जग्गा भेटियो, ट्रष्ट मातहतमा ल्याउने तयारी



पहिलोपोस्ट

​पूर्वराजपरिवारको नामको १० कट्ठा जग्गा भेटियो, ट्रष्ट मातहतमा ल्याउने तयारी

काठमाडौं : पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ। पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो। 

ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए। 

उनले भने ‘चाँडै नै सञ्चालक समितिको बैठक बसेर मन्त्रिपरिषदमा पठाउँछौँ । मन्त्रिपरिषद्ले पारित गरेपछि उक्त जग्गा ट्रस्टको नाममा आउँछ।’ 
उनले अरू स्थानमा रहेको जग्गाको पनि खोजी भइरहेको जानकारी दिए। 

ट्रस्टले पूर्वराजा र उनका परिवारजनको नाममा रहेको जग्गामध्ये हालसम्म २३ हजार रोपनी फेला पारिसकेको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell