PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

कोपा डेल रे : रियल मड्रिड बाहिरियो, सेल्टाभिगो र अलाभेज सेमिफाइनलमा



पहिलोपोस्ट

कोपा डेल रे : रियल मड्रिड बाहिरियो, सेल्टाभिगो र अलाभेज सेमिफाइनलमा

स्पानिस जायन्ट रियल मड्रिड स्पेनको सबैभन्दा प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता कोपा डेल रे को क्वाटरफाइनलबाटै बाहिरिएको छ।

अन्तिम आठको दोस्रो लेगको खेलमा बुधबार सेल्टाभिगोसँग २-२ गोलको बराबरीमा रोकिएपछि रियल बाहिरिएको हो। पहिलो लेगमा रियललाई २-१ ले पराजित गरेको सेल्टाभिगोले दोस्रो लेग बराबरी खेल्दै समग्रमा ४-३ को जित हासिल गर्यो।

रियललाई सेमिफाइनल पुग्न निश्चित जितको खाँचो थियो। तर बराबरी खेलेसँगै ला लिगामा शीर्ष स्थानमा रहेको रियल कोपा डेल रे बाट भने बाहिरियो।

खेलमा ४४ औं मिनेटमा रियलका डानिलो आत्मघाती गोल गरेपछि सेल्टाले घरेलु मैदान अग्रता लिएको थियो। क्रिस्टियानो रोनालडोले ६२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे। तर ८५ औं मिनेटमा ड्यानियल वासले गोल गर्दै सेल्टालाई २-१ को अग्रत दिलाए। अन्त्यतिर लुकासले गोल गर्दै खेल बराबरी गरेपनि रियललाई सेमिफाइनल पुर्याउन पर्याप्त भएन। 

तीन पटक फाइनल पुगेको सेल्टाभिगोले अहिलेसम्म कोपा डेल रे को उपाधि जित्न सकेको छैन। 

रियल आउट हुँदा उसको शहरी प्रतिद्वन्दी एथ्लेटिको भने आइबरलाई हराउँदै सेमिफाइनलमा पुगेको छ। दोस्रो लेगमा आइबरसँग २-२ को बराबरीमा रोकिएपनि पहिलो लेगमा ३-० को जित हात पारेको एथ्लेटिको समग्रमा ५-२ ले  विजयी भयो। 

एथ्लेटिकोका लागि दोस्रो लेगमा जुअनफ्रानले बराबरी गोल फर्काए। यसअघि जोस गिमिनेजले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएपनि सर्जि एनरिच र पेड्रो लिओनले गोल गर्दै आइबरलाई २-१ को अग्रता दिलाएका थिए। 

यता अलाभेज अल्कोकोनलाई समग्रमा २-० ले पराजित गर्दै पाँचौं पटक कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि पहिलो लेगमा हासिल गरेको २-० को जित नै अलाभेजलाई अन्तिम चतारमा पुर्याउन पर्याप्त रह्यो।

प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलको दोस्रो लेगमा आज बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिडाडसँग खेल्नेछ। पहिलो लेग बार्सिलोनाले १-० ले जितेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell