PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

इएफए कप : लिभरपुल सेमिफाइनलबाटै आउट, साउथह्याम्पटन पहिलो पटक फाइनलमा



पहिलोपोस्ट

इएफए कप : लिभरपुल सेमिफाइनलबाटै आउट, साउथह्याम्पटन पहिलो पटक फाइनलमा

लिभरपुल इएफएल कपको सेमिफाइनलबाटै बाहिरिएको छ। इएफएल कप अन्तर्गत बुधबार सम्पन्न सेमिफाइनल दोस्रो लेगको खेलमा साउथह्याम्पटनसँग १-० ले पराजित भएपछि लिभरपुल फाइनल पुग्न असफल भएको हो।

घरेलु मैदानमा भएको पहिलो लगे पनि १-० ले जितेको साउथह्याम्पटन समग्रमा २-० को जित हात पार्दै फाइनलमा प्रवेश गरेको छ। दोस्रो लेगमा साउथह्याम्पटनलाई जित दिलाउन सेन लङले इन्जुरी टाइममा गोल गरे। 

साउथह्याम्पटन पहिलो पटक इएफएल कपको फाइनलमा पुगेको हो। सन् १९७६ मा कम्युनिटी शिल्डको उपाधि जितेयता साउथह्याम्पटनले कुनै पनि उपाधि जित्न सकेको छैन। 

अर्को सेमिफाइनल अन्तर्गत आज दोस्रो लेगको खेलमा मयानचेष्टर युनाइटेड र हल सिटीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो लेग युनाइटेडले २-० ले जितेको छ। 

यी दुई बीचको विजेताले आगामी २६ फेब्रुअरीमा लण्डनस्थित वेम्ली मैदानमा साउथह्याम्पटनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell