PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अफ्रिकन कप : घानालाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा, अन्तिम आठको समिकरण पुरा



पहिलोपोस्ट

अफ्रिकन कप : घानालाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा, अन्तिम आठको समिकरण पुरा

घानालाई हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्स अफकनको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि नै समूह डि बाट क्वाटरफाइनल प्रवेश गरिसकेको घाना विरुद्ध १-० को जित हात पार्दै इजिप्ट समूह विजेता बनेको छ। इजिप्तलाई जित दिलाउन मोहम्मद सलाहले निर्णायक गोल गरे।

समूह डी मा अपराजित रहँदै इजिप्टले ७ अंक जोड्दा दुई जितबाट ६ अंक जोडेको घाना उपविजेता बन्यो।

समूह डी कै अर्को खेलमा मालिी युगान्डाले १-१ को बराबरी खेले। दुवै समूह् चरणबाटै बाहिरिएका छन्।

इजिप्ट क्वाटरफाइनल पुग्ने अन्तिम टोली बनेसँगै गावोनमा जारी अफ्रिकनको अन्तिम आठको समिकरण पुरा भएको छ।

समूह ए बाट बुर्किनाफासो र क्यामरुन, समूह बी बाट सेनेगल र ट्युनिसिया तथा समूह सी बाट डिआर कंगो र मोरोक्को क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

समूह चरणमा केही अप्रत्यासित नतिजा निक्यो। साविक विजेता आइभरीकोष्ट समूह चरणबाटै घर फक्र्यो भने अल्जेरिया र आयोजक गावोन पनि समूह चरणबाट अगाडी बढ्न सकेन।

क्वाटरफाइनलमा समूह ए को विजेता बुर्किनाफासोले समूह बी को उपविजेता ट्युनिसियासाग खेल्नेछ भने समूह बी को विजेता सेनेगलले समूह ए को पिवजेता क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै समूह सी को विजेता डिआर कंगोले समूह डी को उपविजेता घानासँग खेल्नेछ भने समूह डी को विजेता इजिप्टले समूह सी को उपविजेता मोरोक्कसोसँग खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell