PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

तामाङ भाषाको कविता प्रतियोगितामा २९ सहभागी, रेणुका प्रथम



पहिलोपोस्ट

तामाङ भाषाको कविता प्रतियोगितामा २९ सहभागी, रेणुका प्रथम

काठमाडौं : सोनाम ल्होछार तथा ज्या वर्षको अवसरमा आयोजित तामाङ भाषाको कविता प्रतियोगितामा काभ्रेकी रेणुका गोले प्रथम भएकी छिन्।
 
नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको प्रतियोगितामा सिन्धुलीका रुपक जमरा द्वितीय, सिन्धुपाल्चोकका संगीता थिङ तृतीय र रामेछापकी धनकुमारी घिसिङ तथा काभ्रेका रत्नकुमार दोङ सन्त्वना पुरस्कारबाट पुरस्कृत भए। विजेता प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई कमशः रु १० हजार, ७ हजार, ५ हजार र १५ सयसहित प्रमाणपत्र प्रदान गरियो।
 
राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या ल्हो मूल समारोह समितिका भाषा विभाग, भाषिक साहित्यिक संस्था, तामाङ स्रष्टा समाज, नाङसाल क्लब नेपाल, सेमलेङ न्हान र प्राङ्बोला छार न्हानको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा ७ जिल्लाबाट २९ कविहरु सहभागी थिए। लेखक ढुपवाङ्गेल मोक्तान, योगेश राल्फाली र मुक्तान थेवा निर्णायकको भूमिकामा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell