PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

विमानस्थलमै चिनियाँ नागरिक पक्राउ, ४४ थान पासपोर्ट बोकेर किन नेपाल आएका थिए उनी?



पहिलोपोस्ट

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान चाइनिज राहादानी सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
 
ड्रागन एयरबाट चीनको कुरमिङ जान लागेका ४१ वर्षीय वीउ बिन छिलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले चीनबाट साउदी अरेबियाको भिसा लगाउन गाह्रो भएकाले नेपालबाट भिसा लगाएर लैजान खोजेको देखिएको सहायक प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए।
 
भिसा लगाउने क्रममा विभिन्न कागजपत्र नमिलेपछि उनी भिसा नलगाई फर्कन  लागेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell