PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'​दुई रुपैयाँ'मा नायकको रुपमा देखिँदैछन् निश्चल बस्नेत



पहिलोपोस्ट

'​दुई रुपैयाँ'मा नायकको रुपमा देखिँदैछन् निश्चल बस्नेत

काठमाडौं : निर्देशक तथा निर्माता निश्चल बस्नेत 'दुई रुपैयाँ'मा मुख्य अभिनेताका रुपमा देखिने भएका छन्। फिल्म 'दुई रुपैयाँ'मा उनी र आशिफ शाहले लिड गर्न लागेका हुन्। केही समय अघिनै घोषणा भए पनि फिल्म प्राविधिक समस्याका कारण फिल्डमा गएको थिएन।

निश्चल बस्नेत आफैँले निर्माण गरेको फिल्म कबड्डीमा मुख्य भूमिकामा देखिएका थिए। त्यस्तै आफ्नै निर्देशन रहेको टलकजंग भर्सेस टुल्के, कबड्डी कबड्डीमा सह कलाकारको रुपमा देखिएका थिए। 'लूट २'को 'ठमेल बजार' र पर्वको 'काले दाई' बोलको दुई आइटम नम्बरमा उनी देखिएका छन्ले। त्यसयता उनी अभिनयका लागि पनि चर्चामा छन्।

आशिफ शाहको भने पछिल्लो समय फिल्म 'लभ सासा' सार्वजनिक भएको थियो। फिल्म व्यवसायिक रुपमा सफल ठहरिएन। यद्यपी म्युजिक भिडियो र विज्ञापनहरुमा शाह देखिदैँ आएका छन्। 

निश्चलले फेसबुकको पोस्ट मार्फत आफूले फिल्ममा अभिनय गर्न लागेको जनाएका छन्। फिल्ममा निश्चल रआशिफसँगै बुद्धि तामाङ, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरीको अभिनय रहनेछ।

आशिष रेग्मी र आशिफ शाहको पटकथा लेखन रहेको फिल्मले नेपालको मधेसी क्षेत्रको सेटिङ रहनेछ। नेपाल भारतको सिमा क्षेत्रमा हुने अपराधिक गतिविधीको प्रस्तुती रहने फिल्म थ्रिलर जानराको हो। 

फिल्म असिम शाहले निर्देशन गर्दैछन्। 'जीटूवान प्रोडक्शन' र 'ब्ल्याक हर्स पिक्चर्स'को संयुक्त प्रस्तुती रहने फिल्मका लागि अभिनेत्री सहित अन्य कलाकार चयन हुन बाँकी छन्। कलाकार चयन पश्चात युनिट फागुन २० गतेबाट सुटिङका लागि 'फ्लोर'मा निस्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell