PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विद्युत प्राधिकरणको यस्तो जुक्ति- अब घरको बिजुलीको लागि तपाईं आफैं मिटर रिडर



पहिलोपोस्ट

काठमाडौँ : बिजुलीको मिटर रिड गर्ने बेला पनि नेपाल विद्युत प्राधिकरणबाट मिटर रिडर आएनन् भने धन्दा नमान्नुहोस्, अब आफ्नो घरको बिजुलीको लागि तपाईं आफैं मिटर रिडर बन्न सक्नुहुन्छ।
 
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आफ्नो मिटरमा उठेको अंक टिपेर महसुल बुझाउने काउन्टरमा भुक्तानी गरि ‘रिबेट’ समेत लिन सर्वसाधारणलाई अनुरोध गरेको हो।
 
बिजुली चोरीविरुद्ध अभियान सुरु गरेसँगै प्राधिकरणले हालै २५ सय हाराहारी मिटर रिडरको सरुवा गरेको थियो। उनीहरु खटाइएको कार्यालयमा नजाने भन्दै घुर्की लगाइरहेका छन्।
 
खटाएको ठाउँमा नगए पुरानै कार्यालय अन्तर्गत मिटर रिडिङ गर्न उनीहरुलाई प्राधिकरणले दिनेछैन। त्यसैले स्वयं उपभोक्तालाई रिडिङका गर्न अनुरोध गरेको हो।
 
केहि दिनअघि ग्राहकसँगको मिलेमतोमा उठेको भन्दा कम शुल्क लिने र मिटर बिगारेर थोरै मात्र बिजुली खपत देखाइदिने प्राधिकरणका दर्जन मिटर रिडर एवं प्राविधिक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो। सोही घटनापछि चोरीमा संलग्नको नेक्सस तोड्न प्राधिकरणले देशैभरका मिटर रिडरहरुको सरुवा गरेको हो।
 
बिजुली चोरीमा संलग्न मिटर रिडर मात्र होइन उपभोक्तालाई पनि कडा कारबाही गर्ने प्राधिकरणको तयारी छ। चार दिनअघि १२ कर्मचारीसँगै चार जना व्यवसायी पनि पक्राउ परेका थिए।
 
बिजुली चोरीमा संलग्न व्यवसायी माथि आगामी दिनमा पनि निरन्तर छानबिन हुने प्राधिकरण स्रोतले जानकारी दियो।
 
प्राधिकरणले वितरण गर्नेमध्ये २६ प्रतिशत बिजुली चुहावट हुँदै आएको छ। त्यसमध्ये आधा बढी चोरी हुने गरेको प्राधिकरण व्यवस्थापनको निषकर्ष छ।
 
घरायसी उपयोगका लागि हुकिङ गरेर भन्दा पनि व्यवसायिक प्रयोजनमा नै बिजुली चोरी भएको हुन सक्ने आशंका सहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावटविरुद्ध अभियान नै सुरु गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell