PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

एमाले प्रमुख सचेतकको माग- 'तीनै तहको निर्वाचन मिति घोषणा गर'



पहिलोपोस्ट

काठमाडौं : नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग गरेका छन्।
 
अनेरास्ववियु केन्द्रीय खेलकुद विभागको आयोजनामा सहिद दिवसका अवसरमा ‘उपत्यकास्तरीय अन्तरकलेज फुटसल प्रतियोगिता’को आज उद्घाटन गर्दै उनले निर्वाचन गर्न कानुनी आधार तयार भइसकेकाले केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति एकै पटक घोषणा गर्न आग्रह गरे।
 
‘निर्वाचन गर्नका लागि मतदाता नामावली विधेयक र निर्वाचन आयोग विधेयक पारित भइसकेको छ,’ उनले भने, 'अब चाँडै निर्वाचनको घोषणा गरी देशलाई निकास दिनुपर्दछ।’
 
प्रतियोगितामा काठमाडौँ उपत्यकाका २२ कलेजको सहभागिता रहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell