PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

व्यावसासिक सुन्तला खेतीले युवाको विदेश पलायन रोक्यो, एउटै टोलमा एक करोडको उत्पादन



पहिलोपोस्ट

व्यावसासिक सुन्तला खेतीले युवाको विदेश पलायन रोक्यो, एउटै टोलमा एक करोडको उत्पादन

पाल्पा : छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन्।
 
व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन्। सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइरालाले बताए।

किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ। 'यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न हौसिएका छन्,' अगुवा किसान यमलाल कोइरालाले भने। परम्परागत खेती गर्न छाडेर अहिले प्रत्येक घरपरिवारले १०० देखि ५०० सम्म सुन्तलाको बोट लगाएका छन्।
 
कोइरालाले ३४ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन्। यस वर्ष उनले सुन्तला बेचेर रु तीन लाखसम्म आम्दानी गरे। व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell