PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

फिल्म 'धनपती'को सुटीङदेखि प्रदर्शन मितिसम्म तय



पहिलोपोस्ट

फिल्म 'धनपती'को सुटीङदेखि प्रदर्शन मितिसम्म तय

काठमाडौं: फिल्म छायंकन सुरु हुनु अघिनै फिल्म ‘धनपति’ को प्रदर्शन मिती सार्वजनिक भएको छ। फिल्म २०७४को असार २३ गतेबाट प्रदर्शन हुने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन्।

पशुपती प्रसादको सफलता पछि दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने धनपतीमासँगै काम गर्दैछन्। दीपेन्द्रको निर्देशन रहने फिल्मका लागि कथा, पटकथा र संवाद खगेन्द्र लामिछानेले लेखेका हुन्।

फिल्मलाई टुकी आर्ट्स र दिपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त बनाउन लागेको हो। युनिट माघ २८ गतेबाट सुटिङका लागि फ्लोरमा उत्रने भएको छ।
नेपाल भित्र र बाहिरबाट एकसाथ सार्वजनिक हुने भनिएको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, हरिहर शर्मा, सुरबी बर्तौला, रबी गिरी, कमल देवकोटा आदी कलाकारको मुख्य अभिनय रहने छ।

फिल्मलाई रोजिना सिटौलाले निर्माण गर्दैछिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell