PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​विलियम्स दिदी बहिनी अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने



पहिलोपोस्ट

​विलियम्स दिदी बहिनी अष्ट्रेलियन ओपन टेनिसको उपाधिका लागि भिड्ने

मेलवर्न : अमेरिकन विलियम्स दिदीबहिनी भेनस र सेरेनाले वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधिका लागि भिड्ने भएका छन्। विहिबार सम्पन्न सेमिफाइनलमा विजयी भएसँगै सरेना र भेनसले ग्राण्डसलामको फाइनलमा भेट पक्का गरेको यो नवौं पटक हो।

यसअघिको आठ फाइनलमा सेरेना ६ मा विजयी भएकी थिइने भने दुई फाइनल भेनसले जितेकी थिइन्।

पछिल्लो पटक सन् २००९ को विम्वलडनको फाइनलमा विलियमस दिदीबहिनी भिडेका थिए। जहाँ बहिनी सेरेनाले दिदी भेनसलाई हराउँदै उपािध जितेकी थिइन्।

मेलवनर्का विहिबार भएको पहिलो सेमिफाइनलमा दिदी भेनसले अमरिकाकै कोको भान्डेवेघेलाई २-१ को सेटमा पराजित गरिन्। पहिलो सेट ६-७ ले गुमाएपनि ३६ वर्षिय भेनसले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमशः ६-२, ६-३ ले आफ्नो पक्षमा पारिन्।

यस्तै दोस्रो सेमिफाइनलमा ३५ वर्षिय सेरेनाले क्रोसियाका मिजाना लुसि बारोनीलाई ६-२ ६-१ को सोझो सेटमा पराजित गर्दै दिदी भेनससँगको फाइनल भेट पक्का गरेकी हुन्।

सेरेनाले यसअघि ६ पटक अष्ट्रेलियन ओपनको उपाधि जितिसकेकी छिन्। दिदी भेनसलाई पराजित गर्दै उपाधि जित्न सके सेरेनाले ओपन एरामा कीर्तिमानी २३ औं ग्राण्डसलाम जित्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell