PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

क्यान इन्फोटेक मेला सुरु : फोरजी सपोर्ट गर्ने मोबाइल र ब्रोडब्याण्ड इन्टरनेट विशेष आकर्षण



पहिलोपोस्ट

क्यान इन्फोटेक मेला सुरु : फोरजी सपोर्ट गर्ने मोबाइल र ब्रोडब्याण्ड इन्टरनेट विशेष आकर्षण

काठमाडौं : नेपाललाई 'इ-नेपाल' बनाउने नाराका साथ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा भृकुटीमण्डप २३ औं संस्करणको क्यान इन्फोटेक मेला सुरु भएको छ। मेलाको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे।
 
माघ १८ गतेसम्म चल्ने मेलामा नेपालमा आइटी सम्बन्धी काम गर्ने कम्पनीले नयाँ प्रविधिका बारेमा प्रदर्शनी गरेका छन्। प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स्, पावर सोलुसन्स्, मोबाइल एसेसोरिज, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन्।
 
त्यस्तै मेलाको मुख्य आकर्षणमा नेपाल टेलिकमको फोरजी सेवा रहेको छ भने ब्रोडव्याण्ड इन्टरनेट पनि मुख्य आकर्षण रहेको छ। मोलाइल कम्पनीहरुले फोरजी सपोर्ट गर्ने मोवाइलका सेटहरुलाई मुख्य प्रद्धर्शनीमा राखेका छन्।
 
के छ नयाँ?

यसपालिको क्यानमा पनि पहिलेको जस्तै कम्प्युटर, इन्टरनेट सहितको टिभी, मोबाइल, राउटर, प्रिन्टर, एन्टिभाइरस, सिसी क्यामेरा लगायतको प्रदर्शनी रहेको छ। त्यस्तै नयाँ भएर क्लाउड कम्प्युटर सिस्टम र डेटा मेनेज्मेन्टका कम्पनीले पनि भाग लिएका छन्।
 
सबैभन्दा हट केक नेपाल टेलिकमको फोरजी सेवा र फोरजी सपोर्ट गर्ने मोबाइल सेटहरु ग्राहकको प्राथमिकतामा परेका छन्।
 
प्रदर्शनीमा टेलिकमले फोरजीलाई मुख्य र आकर्षक रुपमा प्रस्तुत गरेको छ। टेलिकमले अहिलेलाई प्रोमोसनल अफरका रुपमा नि:शुल्क फोरजी एक्टिभेसन तथा चार जिबी डेटा फ्रिको अफर नियमित गरेको छ। यो अफर जनवरी महिनाको अन्तिमसम्म मात्र चल्ने टेलिकमले जनाएको छ। जनवरी महिनाभरी प्रतिदिन एक एक रुपैयाँमा एक एमवी डेटाको प्याकेजलाई फोरजी सञ्चालन भएपछि प्रतिदिन एक जिबी निशुल्क प्याकेजमा दिइएको टेलिकमले जनाएको छ।
 
त्यस्तै यो वर्ष पनि मोवाइलमा नै ग्राहकको धेरै आकर्षण रहेको छ। टेलिकमले फोरजी सेवा सुरु गरेपछि प्रद्धर्शनीमा आउने व्यक्तिहरु फोरजी सपोर्ट गर्ने स्मार्टफोनमा नै केन्द्रित रहेका छन्।
 
हुवावे, सामसुङ, वान प्लस, माइक्रोम्याक्स, सोनी, एमआई लगायतका मोबाइल कम्पनीले फोरजी सपोर्ट गर्ने मोबाइलहरुमा विशेष फोकस गरेका छन्। मोबाइल कम्पनीले फोरजी सपोर्ट गर्ने सस्ता बजेट फोनदेखि महँगा स्मार्टफोनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन्।
 
त्यस्तै मेलामा इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) को अफर पनि मुख्य आकर्षणका रुपमा रहेको छ। आइएसपीहरुले ग्राहकका लागि अफरका रुपमा न्युनतम नौ सयदेखि माथिका प्याकेजाम इन्टरनेट सेवा दिने अफर गरेका छन्।
 
माघ १६ गते आइतबारको दिनलाई विजनेस डे को रुपमा घोषणा गरिएको छ। गत वर्षको क्यान ईन्फोटेकमा तीन लाख ६३ हजार चार सय ५६ जना अवलोकनकर्ता रहेकोमा यस पटक चार लाखभन्दा बढी अवलोकन कर्ताहरु आउने क्यानले जनाएको छ।
 
मेला अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क एक सय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell