काठमाडौं : सन् १९९६ मा श्रीलंकालाई वान डे वर्ल्ड कप क्रिकेटको उपाधि दिलाएका अष्ट्रेलियन क्रिकेट कोच डेभनेल फ्रेडेरिक ʽडेभʼ वाटमोरले नेपाली क्रिकेटरलाई विहिबारदेखि प्रशिक्षण दिन सुरु गरेका छन्।
ब्याट एण्ड बल फाउण्डेसनको अग्रसरतमा नेपानल आएका वाटमोरले नेपालका उत्कृष्ट ३२ क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन लागेका हुन्।
आगामी मार्च ११ र १३ मा त्रिवि मैदानमा हुने केन्यासँगको वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिपको दुई खेल अघि वाटमोरले नेपाली खेलाडीलाई आफ्नो कोचिङ अनुभव बाँड्नेछन्।
हाई परफरमेन्ट ट्रेनिङ क्याम्प अन्तर्गत वाटमोरले नेपाली खेलाडीलाई दुई साता सम्म प्रशिक्षण दिनेछन्। उनलाई नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक जगत टमाटा, सहायक प्रशिक्षक समेत रहिसकेको यु १९ टीमका प्रशिक्षक विनोद दासले सघाउनेछन्।
विहिबारदेअि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु भएको ट्रेनिङ क्याम्पमा नेपाली राष्ट्रिय टोलीसँगै यु १९ राष्ट्रिय टोलीका खेलाडीहरु सहभागी छन्।
केन्यासँगको खेल अघि सुपर लिगको लागि छनोट गरिएको ५२ खेलबाट ३२ उत्कृष्ट खेलाडी छनोट गरिएको हो।
श्रीलंकामा जन्मेका वाटमोरले अष्ट्रेलियाका लागि १९७९ मा ७ टेष्ट र १९८० मा एक मात्र वान डे क्रिकेट खेलेका छन्।
९० को दशकयता कोचिङ करियर सुरु गरेका वाटमोरले यसबीचमा श्रीलंकासँगै पाकिस्तान, बंगलादेश र जिम्मवावेको प्रशिक्षण सम्हालिसकेका छन्।
नेपाली क्रिकेटको विकासका लागि स्थापना भएको ब्याट एण्ड बल फाउण्डेसन बिटूएफको गत सोमबार वाटमोरले राजधानीमा अफिसियल लन्च गरेका थिए।