PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

एनसिएसएस टी २० कपको उपाधी धाइजन क्रिकेट क्लबलाई



पहिलोपोस्ट

झापा : नेपाली क्रिकेट समर्थक समाज झापाले आयोजना गरेको एनसिएसएस टी २० कपको उपाधी धाइजन क्रिकेट क्लबले जितेको छ। विहिबार सम्पन्न फाइनल खेलमा दमक लाई ९ विकेट पराजित गर्दै धाइजनले उपाधि जितेको हो।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दमकले १९.३ ओभरमा १० विकेट गुमाएर ५७ रन बनायो। दमकको तर्फबाट याडम राईको १६ तथा रोशन थापाको १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। दमकलाई कम स्कोरमा रोक्न धाइजनका अशोक सुब्बाले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लए। यसतै विक्रम कार्की र दिपेश कमातीले २/२ तथा नाम्लिग एक्तेन १ विकेट झारे। अशोक सुब्बाले २ खेलाडी रन आउट गरे।

जवाफमा धाइजनले ७.३ ओभरमा मात्र एक विकेट गुमाएर ६० रन बनाउँदै लक्ष्य पुरा गर्‌यो। धाइजनका लागि नृत्य खडौरिया २८ रन बनाए भने अंकित सुवेदीले २४ रन जोडे।

उपाधिसँगै धाइजनले नगद २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता दमकले नगद १५ हजार, ट्रफी र मेडल हात पार्‌यो।
यस्तै व्यक्तिगत विधातर्फ पन च्याम्पियन धाइजनका खेलाडीको वर्चस्व रह्यो।

धाइजनका अशोक सुब्बा बेस्ट बलर र म्यान अफ दि सिरिज घोषित भए। प्रतियोगिताभर १० विकेट लिएका सुब्बाले बेस्ट बलर बापत ३ हजार म्यान अफ दि सिरिज बापत ५ हजार हात पारे।

बेस्ट ब्याटस्मेन धाइजनकै नृत्य खडौरिया बने। कूल ८० रन बनाएका उनले ३ हजार हात पारे भने प्रतियोगिता अवधीभर ९ छक्का प्रहा गरेका खडौरियाले मोस्ट सिक्स हिटर बापत २ हजार पाए।

एनसिसिएस जिल्ला समन्वय समिति झापाका संयोजक विश्वराज गौतमले यस प्रतियोगिताले युवा स्तरमा क्रिकेटलाई चलाएमान बनाएको बताए। उनले क्रिकेट गतिविधि अझ परिस्कृत रुपमा लैजाने र क्रिकेट बेथितिविरुद्ध पनि संगसंगै लड्दै जाने उदघोष गरे|



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell