
देशको सबैभन्दा ठूलो सार्वजनिक पदको मुख्य व्यक्ति भएको नाताले प्रायजसो अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा आलोचनाको सामना गर्नु पर्दछ।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका कान्छा छोरा बैरानले पनि यस्तै समस्या व्यहोर्नुपरेको थियो। ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा उमेदवारी दिएपछि उनका समीक्षकले सामाजिक सञ्जालमा छोरा बैरानलाई पनि मुछेका थिए।
त्यस बेला केही व्यक्ति ट्रम्पका १० वर्षीय छोरा बैरानको समर्थनमा पनि उत्रिए। राजनीतिक झगडाबाट छोरालाई टाढै राख्नु वेश हुने उनीहरुको धारणा थियो।
मङ्गलबार ह्वाइट हाउसले यस विषयमा छोटो बयान जारी गरेको थियो। त्यसमा भनिएको थियो, ‘अमेरिकामा एउटा पुरानो परम्परा छ। जसको कारण बालबच्चालाई राजनीतिक फोकसबाट बाहिर रहेर आफ्नो विकास गर्ने मौका प्राप्त हुँदै आएको छ।’
यस बयानमा ट्रम्प र उनका छोराको प्रसङ्ग भने उल्लेख गरिएको छैन। तर त्यहाँ यो अमेरिकाको पुरानो परम्परा रहेको र आगामी दिनमा पनि जारी रहने बताइएको छ।
यो परम्पराबारे टिप्पणी गर्दै टिभी राइटर केटी रिचले ट्वीटरमा लेखेका छन्, ‘बैरान प्रथम यस्ता सेलिब्रिटी सन्तान हुनेछन्, जसको शिक्षा घरमै पूरा हुनेछ।’
रिचको यस टिप्पणीलाई लिएर मान्छेहरुले सामाजिक सञ्जालमा आवेगसमेत पोखेका थिए। उनले आफ्नो ‘असंवेदनशील’ बयानको लागि माफी पनि माग्नुपर्यो। लोकल मिडियाले त रिचलाई उनको टिप्पणीको लागि च्यानलबाट अनिश्चितकालका लागि निलम्बितसमेत गर्यो।
यसपछि एउटा फेसबुक पोस्ट चर्चामा आयो। जसलाई करिब एक लाख मान्छेले शेयर गरे। त्यसमा लेखिएको थियो, ‘बैरानमाथि गरिएको यस्तो व्यवहार कुनै पनि बच्चामाथि गरिनु हुँदैन।’ बिबिसी हिन्दीले लेखेको छ- पछिल्लो वर्ष ८ नोभेम्बरमा राष्ट्रपति ट्रम्पले चुनाव जितेपछि उनका छोराले पनि आलोचनाको सिकार हुनुपर्यो।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको सन्तान हुनुको जोखिम रहिरहने गर्दछ। यसबाट बिना कारण बालकलाई राजनीतिक आलोचनाको सिकार बन्नुपरेको छ।
एउटा कमेडी रेडियो सोमा पूर्व राष्ट्रपति विल क्लिण्टनकी छोरी चेल्सीको तुलना कुकुरसित गरिएको थियो। यद्यपि सन् १९९३ मा सामाजिक सञ्जाल थिएन। तर पनि उनलाई आलोचनाको सामना गर्नुपर्यो। जसबारे क्लिण्टनले भनेका थिए ‘कुनै पनि किशोरीलाई हास्यको पात्र बनाएर उडाउनु निकै असंवेदनशील कार्य हो।’
आठ वर्षे कार्यकालको सिलसिलामा पूर्व राष्ट्रपति बाराक ओबामाका दुईवटै छोरीले पनि धेरैपटक यस्तो परिस्थितिको सामना गर्नुपर्यो। दुवै छोरीले आफ्नो पहिरन र लुक्सको लागि आलोचनाको सिकार हुनुपर्यो।
पूर्व राष्ट्रपतिहरू जर्ज बुस र जिम्मी कार्टरका छोरीहरु पनि बुवाले सार्वजनिक जीवन बाँचिरहेका कारण आलोचित भएका थिए।