PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बालुवाटार र सुरक्षा क्रिकेट क्लब खुकुरी च्यालेन्जर्स टी २० क्रिकेटको सेमिफाइनलमा



पहिलोपोस्ट

काठमाडौं : बालुवाटार क्रिकेट क्लब र सुरक्षा क्रिकेट क्लब खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
सुरक्षा क्रिकेट क्लबले नेपाल क्रिकेट स्कुललाई ४० रनले तथा बालुवाटारले केसीटीसी बीलाई ८ विकेटले पराजित गरेको हो।

भक्तपुरको सैनिक आवासिय विद्यालयको मैदानमा भएको खेलमा सुरक्षा क्लबले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १५८ रन बनायो। सुरक्षका लागि मन्जि श्रेष्ठले सर्बाधिक ५७ रन बनाए। यस्तै अभिनास कर्णले ३० तथा प्रेम तामाङले २० रन जोडे। 

नेपाल क्रिकेट स्कुलका पार्थिव यादवले ३ तथा बबिन शर्माले २ विकेट लिए।

जवाफमा १५९ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। उसका लागि शौरभ पेलाले २२ तथा अनिल शाहले २१ रन बनाए। 

बलिङतर्फ सुरक्षाका रामनेरेश गिरी, प्रेम तामाङ र योगेन्द्र सिंह कार्कीले समान २ विकेट लिए।

यस्तै अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटीसी बी ले १ बल अगावै अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो। उसका लागि अस्चल चौधरीले सर्बाधिक २८ रन बनाए। उसलाई अलआउट गर्न बालुवाटारका रिकेश लामाले ४ विकेट लिए।

जवाफमा ८५ रनको सामान्य लक्ष्य बालुवाटारले १३.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो। बाुलवारको जितमा शैसभ केसीले ३७ तथा रोहित पौडेलले २३ रन बनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell