PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा र मनाङ मर्स्याङदी भिड्ने



पहिलोपोस्ट

आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा र मनाङ मर्स्याङदी भिड्ने

पोखरा : आयोजक सहारा क्लब र डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन्।

विहिबार सम्मपन्न दोस्रो सेमिफाइनलमा सिएमजी संकटालाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङदीले सहारासँगको फाइनल भेट पक्का गरेको हो।

मनाङलाई फाइनलमा पुर्याउन एक मात्र निर्णायक गोल विदेशी खेलाडी ओलावाले आफिजले ८५ औं मिनेटमा गरे। ६२ औं मिनेटमा सुशिल केसी दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि संकटा दश खेलाडीमा झरेको थियो।

सहाराले पहिलो सेमिफाइनलमा विभागीय टीम नेपाल आर्मीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
फाइनल खेल शनिबार पोखरा रंगशालमा हुनेछ।

(फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell