PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

राष्ट्र बैंकको १४ बुँदे निर्देशन : जमानी बस्नेको घरखेत बैंकले खान नपाउने



पहिलोपोस्ट

 राष्ट्र बैंकको १४ बुँदे निर्देशन : जमानी बस्नेको घरखेत बैंकले खान नपाउने

काठमाडौं : ऋणीले पैसा नतिर्दा बैंक तथा वित्तीय संस्थाहरुले जमानीकर्ताबाट त्यसको भर्पाइ गर्दै आएकोमा अब त्यसो गर्न नपाउने भएका छन्। सर्वोच्च अदालतले जमानीकर्ताको पक्षमा फैसला गर्दै कबुल रकमबाहेक सबै जमानीकर्ताबाट असुलउपर गर्न नपाउने व्यवस्था गरेको छ।

सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर जमानीकर्तामाथि लचकता अपनाउन भनेको छ। अबदेखि जमानी दिनेले कबुल गरेको रकमबाहेकका दायित्व उसँग उठाउन पाइँदैन। कसैले एक करोडको ऋण लिएको छ भने त्यसमा अबदेखि जमानीकर्ताले कतिसम्मको जमानी बस्ने कागज गर्नुपर्ने हुन्छ।

जमानीकर्ताले ५० लाखको मात्र जमानी बसेमा भोलि ऋण उठ्दा जमानीकर्ता ५० लाखको मात्र जवाफदेही हुन्छ। अहिलेको व्यवस्था अनुसार बैंकले ऋणीसरह नै जमानीकर्तालाई पनि व्यवहार गर्थ्यो। सर्वोच्च अदालतका १४ बुँदे निर्देशनहरु तत्काल कार्यान्वयनमा ल्याउन भन्दै राष्ट्र बैंकले विवरणपत्र सार्वजनिक गरेको छ।

​सर्वोच्चको निर्देशनमा छ- जमानतकर्ताले कबुल गरेको भन्दा बढि अंकको दायित्व व्यहोर्नुपर्ने गरी प्रत्यक्ष वा परोक्ष रुपमा कागज गराउन पाइँदैन। धितो सुरक्षण वापत जमानी दिने जमानतकर्ताले ऋणीले लिने कति ऋण रकमको हकमा जमानतको कागज गरेको हो त्यो जमानतको अंकको सीमा तोकी त्यसै सीमा हदमा सीमित रही जमानतकर्ताको दायित्व स्पष्ट हुने गरी जमानतकर्ताकी पनि छुट्टै कागज गराउन सर्वोच्चले भनेको छ।

 १४ बुँदे निर्देशन



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell