PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन माग



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद (स.अ) को जन्मोत्सव बारह रवि उल्अबलका दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको छ।

आयोगमा बसेको बैठकले ‘मोहम्मद डे’ का दिन सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको आयोगका सदस्य सचिव मोहम्मद खादि इकवाल इराकीले बताए।

सरकारले मुस्लिम समुदायले मनाउने पर्वहरु इद र बकर इदमा सार्वजनिक बिदा दिने गरेको छ। नेपाली मुस्लिम समुदायमा हौसला बढाउन र पैगम्बर हजरत मोहम्मदप्रति सम्मान व्यक्त गर्नका लागि आयोगको बैठकले सो दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सार्वजनिक बिदा पुनरावलोकन समितिको सचिवालय) मार्फत् सरकारलाई आग्रह गरेको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell