काठमाडौं : विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा तेस्रो स्थानको लागि विहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा हरायो।
पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै पश्चिमाञ्चलले एपीएफमाथी सुरुमै दबाब सिर्जना गर्यो। तर दोस्रो सेटमा कमब्याक गर्दै एपीएफले २५–२२ ले नतिजा आफ्नो पक्षमा पार्यो।
पश्चिमाञ्चलले तेस्रो सेट २५–१७ ले जित्दै २–१ को अग्रता बनायो। चौथो सेट एपीएफले फेरी कम्बयाक गर्दै २९–२७ ले जित्यो। पाँचौं तथा निर्णायक सेट १५–१३ ले जित्दै पश्चिमाञ्चलले खेल ३ २ ले जित्यो।
प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिसले शुक्रबार प्रतिस्पर्धा गर्नेछन्।