PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​यातायात मन्त्रीको कल्पना : नेपालीको लगानीमा फाष्टट्रयाक, ७ वर्षमा मेट्रोरेल



रमेश वाग्ले

​यातायात मन्त्रीको कल्पना : नेपालीको लगानीमा फाष्टट्रयाक, ७ वर्षमा मेट्रोरेल

काठमाडौं : बिमलेन्द्र निधि भौतिक पूर्वधार विकास तथा यातायात मन्त्री हुँदा काठमाडौ-निजगढ 'फास्टट्रयाक' निर्माणको काम भारतीय कम्पनिलाई दिने निर्णय गरे। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले त्यसलाई उल्टाउँदै आफै बनाउने सैद्धान्तिक निर्णय गरे पनि ठेक्का उस्तै थियो। कांग्रेसकै तर्फबाट सरकारमा गएका मन्त्री रमेश लेखकले आफ्नै पार्टीका वरिष्ठ नेता निधिको निर्णय उल्टाउँदै ठेक्का रद्ध गरे ।

फाष्ट्रयाक कसरी बनाउने भन्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा सात सदस्यीय समितिले अध्ययन गरिरहेको छ।
लेखकका अनुसार समितिले 'लगानी कसरी जुटाउने', 'ठेक्काको मोडल के हुने', 'कति समयमा निर्माण सम्पन्न गर्ने' जस्ता विषयमा पनि एक महिना भित्र सुझाव दिनेछ।

'समितिले काम गरिरहेको छ, प्रतिवेदन दिएपछि जतिसक्दो चाँडो हामी त्यसको कार्यान्वयन प्रक्रिया अघि बढाउछौ,' लेखकले भने, 'त्यसपछि कसरी निर्माण गर्ने भनेर प्रक्रिया अघि बढ्छ।'

लेखकका अनुसार अवरुद्ध रहेका र समस्यामा रहेको हुँलाकी राजमार्गको १७ सय किलोमिटर मध्ये ६ सय किलोमिटरको निर्माण काम शुरु भइसकेको छ। पूर्वपश्चिम हुलाकी राजमार्गको विस्तृत परियोजना रिपोर्ट डिपीआर अन्तिम चरणमा पुगेको र अर्को वर्षदेखि निर्माण सुरु हुने उनले बिहिबार जानकारी दिए।

लेखकका अनुसार काठमाडौमा मेट्रो रेल सञ्चालनको संभाव्यता अध्ययनको तयारीमा छ मन्त्रालय। सात वर्षमा काम सकिनसक्ने आँकलन सुनाउँदै उनले भने' ढिला गर्ने अवस्था छैन।' लगानीवोर्ड सहितको संलग्नतामा मेट्रो रेलको अध्ययन गर्ने उनको योजना छ।

मन्त्रालयले क्रस बोर्डर रेल चलाउने विषयमा समेत अध्ययन अघि बढाउने तयारी गरेको छ।  'उत्तरमा केरुङ नाकाबाट क्रस बोर्डर रेल संचालनका लागि काठमाडौं- रसुवागढी-केरुङहुँदै चिनतर्फ र दक्षिणमा जनकपुर-जयनगरसँगै जोडेर क्रसबोर्डर रेल संचालनको विषयषमा अध्ययन हुँदैछ,' लेखकले भने, 'त्यसपछि अन्य नाकामा पनि  के हुन सक्छ अध्ययन हुनेछ।'

चीनसँगका १५ वटा नाका संचालनका लागि चीन सरकारसँग छलफलको तयारी भएके उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell