काठमाडौं : पश्चिमाञ्चल औद्योगिक व्यापार मेला र पर्वत महोत्सवको उद्घाटन गर्न पर्वतको कुस्मामा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रमको उद्घाटन गरेसँगै मञ्चै छमछमी नाचे। उनी सार्वजनिक कार्यक्रममा नाचेको यो पहिलो भने हैन।
कात्तिकमा देउसी खेल्न बालुवाटार आएको रिपोर्टर्स क्लबको टोलीसामु समेत उनले आफ्नो नृत्यकला देखाएका थिए। पाँच वर्ष अगाडि गुल्मीमहोत्सवको उद्घाटन गर्न जाँदा समेत उनले मन थाम्न सकेका थिएनन् र मञ्चमै कम्मर मर्काउँदै नाचेका थिए।
२०६६ कात्तिकमा सिंहदरबार-भद्रकाली सडकमा दुईवटा मिनीट्रक जोडेर बनाइएको मञ्चमा रेखा थापासँगको प्रचण्डको नाँच बढी चर्चा हुन्छ। उनले लालुपाते नुग्यो भुइतिर बोलको गितमा नायिका रेखासँगै कम्मर मर्काएका थिए।
प्ररचण्डको कम्मर मर्काई ५ फोटोमा
तस्विर : रासस/ रिपाेटर्सक्लब, /www.gulminews.net /