PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​हलले फिल्म नदेखाएपछि आसामी निर्देशकले आतंकवादी गुहारे



पहिलोपोस्ट

​हलले फिल्म नदेखाएपछि आसामी निर्देशकले आतंकवादी गुहारे

शाहरुख खानको रइस र ऋतिक रोशनको काबिल रिलिज भएसँगै भारतको आसामको हल सञ्चालकहरुले असामका फिल्ममेकर हिमांग्शु दास बासुको फिल्म हलबाट निकालेपछि उनले आसामको प्रतिबंधित आतंकवादी संगठन उल्फाको सहयोग मागेका छन्।

आसाममा २० जनवरीबाट उनको फिल्म 'शकीरा आहिबो बोकुलटोलर बीहलोई' रिलिज भएको थियो। 'रईस' र 'काबिल' एकै पटक रिलिज भएपछि हल मालिकहरुले उनको फिल्मलाई शोबाट हटाएका थिए।

राम्रो व्यापार गर्दागर्दै आफ्नो फिल्म हटाएको झोकमा उनले हल सञ्चालकहरुलाई धम्क्याउँदै सामाजिक सञ्जालमा लेखे ' यदी हल मालिकहरुले मेरो कुरा मानेनन् भने उनीहरुले उल्फाको रिसको सामना गर्नुपर्नेछ।'

उल्फाले यस अगाडि आसाममा हिंदी फिल्म नदेखाउन चेतावनी दिँदै आएको छ। फस्टपोस्टका अनुसार बासुको धम्कीपछि आसाम प्रहरीले जाँच शुरु गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell