PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मोबाइल एपबाटै थाहा पाउनुस् : उपत्यकामा बसको रुट, भाडा र दुरी



पहिलोपोस्ट

मोबाइल एपबाटै थाहा पाउनुस् : उपत्यकामा बसको रुट, भाडा र दुरी

काठमाडौँ : उपत्यकामा सार्वजनिक सवारी साधनको रुट र बाटो थाहा नहुनेलाई अब सहजता हुने भएको छ। बाटो, सवारी साधनको रुट र भाडादर समेटिएको मोबाइल एपले सहजता थपेको हो।

अफलाइनमा प्रयोग गर्न सकिने 'KTM Public Route' एपमा आफू भएको स्थान र जान चाहेको स्थान राखेपछि बाटोको रुट देखाउँछ। नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी र शिक्षक मिलेर बनाएको एपले बैकल्पिक बाटो, बाटोको दुरी, लाग्ने समय र भाडादर समेत हिसाब गरेर देखाउँछ।


कुनै घरमा भएको अवस्थामा 'जिपिएस लोकेसन अन' गरेर नजिक रहेको बस स्टप समेत हेर्न सकिन्छ। इन्जिनियरिङ कलेजका विद्यार्थीहरु सोम प्रसाद श्रेष्ठ,सुदिन गुरुङ र सुशान्त सुवालले शिक्षक दिनेश डंगोलको सहयोगमा एप बनाएका हुन्।

 
हालमा एपमा काठमाडौं उपत्यकामा चल्ने अधिकाशं सार्बजनिक यातायातका जानकारी समेटिएको डेभलपर सोम श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell