PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​स्थानीय तह निर्वाचनको मिति घोषणा एक साताभित्र –सभापति देउवा



पहिलोपोस्ट

​स्थानीय तह निर्वाचनको मिति घोषणा एक साताभित्र –सभापति देउवा

दाङ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान जारी गर्दा मिलेका दलहरु संविधान कार्यान्यन गर्न पनि एक हुनुपर्ने बताएका छन्। 
तुलसीपुर उद्योग वाणिज्य संघले बिहीवारदेखि सञ्चालन गरेको मध्यपश्चिम व्यापारिक महोत्सवको उद्घाटन गर्दै उनले भने ‘जसरी सबै दल मिलेर संविधान जारी गरेका थियौँ, त्यसैगरी कार्यान्वयनमा पनि एक हुन अतिआवश्यक छ।’ 

सभापति देउवाले हाल देखिएको विवाद मिलाएर स्थानीय तह चुनावको घोषणा हुने बताए। उनले भने ‘प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, तपाईँहरु ढुक्क हुनुहोस्, हामीहरुले चुनाव गराएरै छाड्छौँ ।’अबको एक सातापछि स्थानीय निर्वाचनको मिति घोषणा हुने उनको भनाइ थियो। 

उनले दाङको विमानस्थलको स्तरवृद्धिका साथै विमानस्थलमा इन्धन डिपो निर्माणका लागि आफूले पहल गर्ने आश्वासन पनि दिए। 

महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन तथा अन्तर्रा्ष्ट्रियकरण गर्न मद्दत पुग्ने बताउँदै उहाँले निजी क्षेत्रको लगानीबिना देशको विकास नहुने भएकाले निजी क्षेत्रलाई साथै लैजानुपर्ने औंल्याए।
सो अवसरमा नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले अब तीन दल मिल्नुको विकल्प नभएको बताए। ‘लोकतन्त्र र प्रजातन्त्रको रक्षाका लागि तीन दल एक ठाउँमा आउनुपर्छ’ उनले भने ‘यो वा त्यो दल हैन, यदी हामीहरु समयमै मिल्न सकेनाँै भने प्राप्त उपलब्धि सबै गुम्नेछन, सबै दलहरु असफल हुनेछौँ।’ 

यही माघ २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न कृषि, पर्यटन र मनोरञ्जनका स्टल राखिएका छन्। 


हापुरखोला पुल शिलान्यास 

यसैबीच, सभापति देउवाले आजै दाङको डुरुवा र कोटेडाँडा जोड्ने हापुरखोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गरेका छन्। 

रु १० करोड ५० लाख लागतमा निर्माण हुन लागेको पुल २०७५ चैत अन्तिममा निर्माण सम्पन्न गर्ने गरी एसबिए सूर्य जेवी, सुर्खेतले ठेक्का लिएको छ। पुल निर्माणसँगै डुरुवाका वडा नं १, २ र ४ जोडिनेछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell