PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​जनकपुर जयनगर रेल ः आठ बर्षअघि निर्माण सम्झौता काम एक तिहाई पनि भएन



पहिलोपोस्ट

धनुषा : जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन। 

भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था देखिँदैन। 

सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ। तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट नदेखिएको नायक इन्फ्रास्ट्रक्चर लिमिटेड, असम, भारतका प्रोजेक्ट म्यानेजर आदित्य सेनापतिको भनाइ छ। 

जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याउनुका साथै पुलपुलेसाको निर्माणको जिम्मेवारी पाएका ठेकेदारले सरोकारवालाले निर्माण सामग्री ढुवानीको वातावरण नबनाएका कारण एक वर्ष्भित्र काम पूरा नहुने बहाना बनाउँदै आएका छन्। 

जम्मा ६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले भारु पाँच अर्ब ५० करोड सहयोग गरेको छ। रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासी यातायातको सुविधाबाट वञ्चित हुनुपरेको धनुषा लखौरीका स्थानीयवासी सुनिल सिंह बताउँछन् । 

रेलसेवा बन्द हुँदा भारत नेपाल बीचको द्विदेशीय पारवहनसमेत प्रभावित भएको छ। विभागीय मन्त्रीलगायत सरोकारवालाले एक वर्ष्भित्र रेल सञ्चालनमा ल्याउने आश्वासन मात्र बाँड्नेभन्दा तोकिएको समयमा काम सम्पन्न गर्नेेतिर ध्यान दिन जरुरी देखिएको स्थानीय बताउँछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell