PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सोसिडाड विरुद्व सहज जितका साथ बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा



पहिलोपोस्ट

सोसिडाड विरुद्व सहज जितका साथ बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

स्पानिस जायन्ट बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न दोस्रो लेगमा रियल सोसिडाडलाई ५-२ ले पराजित गर्दै बार्सिलोना समग्रमा ६-२ ले विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको हो। 

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाको जितमा डेनिस सुवारेजले २ गोल गरे भने लियोनल मेसी, लुइस सुवारेज र अर्दा तुरानले १/१ गोल गरे। सोसिडाडका लागि जुअनमी र विलियन जोसले १/१ गोल गरे।

पहिलो लेगको खेलमा नेमारको एक मात्र गोलको मद्दतमा बार्सिलोनाले सोसिडाडलाई पराजित गरेको थियो।

बार्सिलोनाले सेमिफाइनलमा स्थान बनाएसँगै कोपा डेल रे को सेमिफाइनल समिकरण पुरा भएको छ। यसअघि नै एथ्लेटिको मड्रिड, सेल्टा भिगो र अलाभेज सेमिफाइनलमा पुगसिकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell