PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

इएफएल कप : दोस्रो लेगमा हल सिटीसँग हारे पनि म्यानचेष्टर युनाइटेड फाइनलमा



पहिलोपोस्ट

इएफएल कप : दोस्रो लेगमा हल सिटीसँग हारे पनि म्यानचेष्टर युनाइटेड फाइनलमा

म्यानचेष्टर युनाइटेड इएफएल कपको फाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न दोस्रो लेगको खेलमा हल सिटीसँग २-१ ले हार्नुका बावजुत पनि युनाइटेडल समग्रमा ३-२ ले विजयी हुँदै उपाधि नजिक पुगेको हो। 

घरेलु मैदानमा भएको पहिलो लेगको खेल युनाइटेडले २-० ले जितेको थियो। हल सिटीले दोस्रो लेगमा जित हात पारेपनि फाइनल पुग्न सकेन।

घरेलु मैदानमा हल सिटीको लागि टम हलस्टोनले ३५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर युनाइेटडका पउल पोग्वाले ६६ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे। बाय ओउमार नियसले ८५ औं मिनेटमा हल सिटीलाई जित दिलाएपनि त्यो नतिजा फाइनल पुग्न पर्याप्त भएन।

म्यानचेष्टर युनाइटेडले अब फाइनलमा साउथह्याम्पटनसँग आगामी फेब्रुअरी २७ मा वेम्ले मैदानमा खेल्नेछ। साउथह्याम्पटन लिभरपुललाई पराजित गर्दै पहिलो पटक इएफएल कपको फाइनलमा प्रवेश गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell