PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पशुपतिमा चिसो-स्नान, माधवनारायण मेलाका १९ दृश्य

पशुपतिमा चिसो-स्नान, माधवनारायण मेलाका १९ दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : हिन्दु धर्मावलम्बी महिलाहरुको चाड स्वस्थानी यति बेला चलिरहेको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने व्रतमा उनीहरु चिसो बिहानीको परवाह नगरी नदी, कुण्ड वा पवित्र पोखरीमा स्नान गर्ने गर्छन्।
 
उपत्यकाको पवित्र बाग्मती नदीका साथै उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा पनि माघस्नान सहित माधवनारायणको मेलाको रौनक भने बेग्लै देख्न सकिन्छ। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास पनि छ। 
 
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत लिएको कथा स्वस्थानीमा वर्णन गरिएको छ।
 
आज बिहान पशुपतिमा स्नान गर्न आएकाहरुको घुइँचो र रौनक यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell