PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​मौसममा बदली : काठमाडौंमा सामान्य बर्षात, दिनभर बादल लाग्ने



पहिलोपोस्ट

​मौसममा बदली : काठमाडौंमा सामान्य बर्षात, दिनभर बादल लाग्ने

काठमाडौं : उपत्यकामा शुक्रवार बिहानवाट मौसममा बदली आएको छ। मौसममा आएको बदलावका कारण सामान्य पानी पर्ने र चिसो बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारत हुँदै सुदूरपश्चिमवाट नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले पहिलोपोस्टलाई जानकारी दिइन्।

मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा बाक्लो कुहिरो लाग्ने बताइन्।

मौसममा आएको बदली शुक्रवार बेलुकादेखि पूर्वी क्षेत्र सर्दै आइतवारसम्म हट्ने उनको भनाई छ। मौसम बदलीका कारण उपत्यकासहित देशका पश्चिमी भूभागमा सामान्य बर्षा भएको छ।  उपत्यकामा आजको न्युनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ। रातभर बादल लागेको कारण तापक्रम केही बढेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell