
काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको पहिलो खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।
माल्दिभ्समा हुने प्रतियोगितामा आयोजक माल्दिल्स, नेपाल र इरानसहित जम्मा तीन टोलीको मात्र सहभागिता रहेको छ।
विश्व भलिबलको सर्वोच्च संस्था फिभले आयोजना गर्ने प्रतियोगितामा पहिलो पटक खेल्न लागेको नेपाली महिला टोली गत बुधबार माल्दिभ्स गएको हो।
विनिता बुढाथोकीको कप्तनीमा रहेको नेपाली टोलको उपकप्तानमा मन्जु गुरुङ छन्। नेपालको मुख्य प्रशिक्षकमा सुदेश कुमार रिमाल र सलिना श्रेष्ठ सहायक प्रशिक्षक छन्।
नेपालले दोस्रो खेलमा शनिबार इरानसँग खेल्नेछ। आइतबार माल्दिभ्स र इरानबीचको खेल हुनेछ। सेन्ट्रल जोन छनोटको च्याम्पियन बन्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।