PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

१५ फोटोमा हेर्नुस् वर्षाले प्रभावित उपत्यकाको जनजीवन

१५ फोटोमा हेर्नुस् वर्षाले प्रभावित उपत्यकाको जनजीवन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: शुक्रबार बिहानबाट बादल लागेर पानी पर्न थालेपछि उपत्यकाको जनजीवन प्रभावित बनेको छ। केही दिनयता तुसारो पर्न कम भएपछि चिसो पनि घट्दो थियो। तर आज बिहान परेको पानीका कारण काठमाडौ‌ंको मौसम पुन: चिसियो। उपत्यकामा आजको न्युनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।  

भारत हुँदै नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले पहिलोपोस्टलाई जानकारी दिइन्। मौसमविद् पोखरेलका अनुसार देशका उच्च पहाडी क्षेत्रमा हिमपात हुने र तराईका क्षेत्रमा बाक्लो कुहिरो लाग्ने बताइन्। मौसममा आएको बदली शुक्रवार बेलुकादेखि पूर्वी क्षेत्र सर्दै आइतबारसम्म हट्ने उनको भनाई छ। 

मौसम बदलीका कारण उपत्यकासहित देशका पश्चिमी भूभागमा सामान्य वर्षा भएको छ। वर्षाका कारण उपत्यकामा चिसो मात्र बढेन उपत्यका बासीको दैनिकीमा पनि असर गर्‍यो। आकस्मात पानी परेपछि उपत्यकाका मानिसहरुलाई दुइ पाङग्रे मोटरसाइकलमा यात्रा गर्न असहज भएको थियो। कतिपयले रेनकोट समेत प्रयोग गरे। हेर्नुस् फोटो- 


ट्रेन्डिङ पोस्ट

Ncell