
काठमाडौं : प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ।
कञ्चनपुर बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारीको सरकारले उद्दार गरेको हो।
उनीहरु कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए। काठमाडौंको अवतार ह्युमन रिसर्च मेनपावर कम्पनीलाई प्रतिव्यक्ति २ लाख साठी हजार बुझाएर कतार पुगेका उनीहरु बेरोजगरबार भएका थिए। उनीहरुले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्दारका लागि आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कुटनीतिक पहल गरेको थियो। उनीहरु उद्दार पछि माघ ११ गते नेपाल आइपुगेका हुन्। प्रधानमन्त्री कार्यालयले पीडितले मेनपावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउन पहल थालेको छ।
फोटो : एम्नेस्टी इन्टरनेशनल