PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

जिप दुर्घटनामा एकको मृत्यु, १७ घाइते



पहिलोपोस्ट

नवलपरासी : तीर्थालु बोकेको जिप नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन्।
 
कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेको लु १ ज १०८ नम्बरको जिप आज नवलपरासीको रामग्राम –६ स्थित रामखण्ड पुल नजिकै दुर्घटना हुँदा जिप चालक कपिलवस्तुका अन्दाजी २१ वर्षीय राकेश कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
 
दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell