PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

शौचालय जान नदिँदा स्कुललाई १२ लाख डलर क्षतिपूर्ति



पहिलोपोस्ट

शौचालय जान नदिँदा स्कुललाई १२ लाख डलर क्षतिपूर्ति

विद्यार्थीलाई शौचालय जान नदिँदा अमेरिकामा एक विद्यालयले साढे १२ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नु परेको छ।
कक्षा कोठामा पढाइ भइरहेको बेला एक छात्रालाई शौचालय जान खोज्दा शिक्षिकाले अनुमति नदिई नजिकै रहेको अर्को कोठामा रहेको बाल्टीमा पिसाब गर्न अह्राएकी थिइन्।

सो घटनाले आफूलाई आत्महत्या गर्नेसम्मको सोच आएको भन्दै विद्यार्थी अदालत गएको ५ वर्षपछि अदालतले विद्यालयलाई जरिवानाको फैसला गरेको हो।

बिबीसी हिन्दीका अनुसार घटना सन् २०१२ को हो। अमेरिकाको क्यालिर्फोनियामा रहेको एक विद्यालयलकी शिक्षिका गोन्जा वल्फले बाथरुम ब्रेक नभएको भन्दै पिसाब गर्न शौचालय जान चाहेकी पेट्रिक हेनरीलाई सँगैको कोठामा पठाएर बाल्टिमा पिसाब गर्न लगाएर पछि फ्यान लगाएकी थिइन्।

प्रारम्भमा विद्यार्थीले २५ हजार डलर क्षतिपुर्तिको दाबी गर्दै मुद्दा दायर गरेकी थिइन्। तर तल्लोतहको अदालतले उनको दाबी खारेज गरिदियो। पीडितपक्ष तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा गएका थिए। माथिल्लो अदालतले स्कुललाई दोषी ठहर गर्दै जरिवाना सुनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell