PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

वार्नर पहिलो पटक वान डे ब्याट्सम्यान-वरीयताको शीर्षस्थानमा



पहिलोपोस्ट

वार्नर पहिलो पटक वान डे ब्याट्सम्यान-वरीयताको शीर्षस्थानमा

अष्ट्रेलियन वान डे क्रिकेट टीमका उप कप्तान डेविड वार्नर पहिलो पटक आइसीसीको वान डे बयाट्सम्यानको वरीयतामा शीर्ष स्थानमा पुगेका छन्। 

गत वर्ष अष्ट्रेलियाको लागि उत्कृष्ट प्रदर्शन गरेका वार्नरले गत साता मात्र एलान बोर्डर अवार्ड जितेका थिए। विहिबार सम्मपन्न पाकिस्तान विरुद्धको पाँच खेलको सिरिजमा ३६७ रन बनाएका वार्नरले दक्षिण अफ्रिकाका एबी डे भिलियर्स र भारतका विराट कोहलीलाई वरीयतामा पछि पारेका हुन्। 

वार्नर दोस्रो स्थानको डे भिलियर्सभन्दा १९ अंकले अगाडी छन्। वार्नरको ८८० अंक छ भने भिलियर्सको ८६१ अंक छ। तेस्रो स्थानमा रहेका कोहलीको ८५२ अंक छ।

पाकिस्तान विरुद्धको पाँचौ वान डे मा वार्नरले १७९ रन प्रहार गर्दै व्यक्तिगत उच्च स्कोर बनाएका थिए। वार्नरले पहिलो विकेटका लागि ट्रेभिस हेडसँग पहिलो विकेटका लागि २८४ रनको कीर्तिमानी साझेदारी सोत गरेका थिए। जुन अष्ट्रेलियन ओपनिङ जोडीले बनाएको अहिलेसम्मको सर्बाधिक स्कोर हो भने वान डे क्रिकेटमा पाँचौं सर्बाधिक स्कोर हो। 

वार्नर  र हेड पहिलो विकेटका लागि विश्वकै सर्बाधिक साझेदारी गर्नबाट २ रनले मात्र चुकेका थिए। यसअघि सन् २००६ मा श्रीलंकाका उपुल थरंगा र सनथ जयासुर्याले २८६ रनको साझोदारी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell