PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

पाँचथर : पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भीमबहादुर गुरुङ रहेका छन्। उपचारका क्रममा उनको फिदिमस्थित पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएकामध्ये रानीटार– ६ का सूर्यमान गुरुङ र फिदिमनगरपालिका– ३ का जयकुमार राईको झापाको विर्तामोडस्थित बि एण्ड सी हस्पिटलमा तथा फिदीम नगरपालिका– ३ कामानबहादुर राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

मे १ त ३६९० नं. को ट्याक्टर गोलिया काठ लिएर फिदीमतिर आउने क्रममा अनियन्त्रित भई सडकबाट पल्टिएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell