PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

देवरको हत्या गर्नेलाई सर्वस्वसहित जन्मकैद



पहिलोपोस्ट

राजविराज : दश वर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो।
 
स्थानीय फकिरा गाविस–५ घर भएका हाल राजविराज नगरपालिका–५ मा बस्दै आएकी २२ वर्षीया साहले आफ्नै देवर प्रमोदकुमार साहको गत वैशाख २७ गते हत्या गरेकी थिइन्।
 
बालक प्रमोदलाई कुटपिट गरेर हत्या गरी घरदेखि ६०० मिटर दक्षिण राजविराज नगरपालिका–६ स्थित नालाको कल्भर्टमा उनले शव फालेकी थिइन्। मृतकका बुबा उमेशकुमार साहले निज आरोपितविरुद्ध गत वैशाख २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell