PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

आफ्नै किताब 'म प्रधानमन्त्री हुँदा' सार्वजनिक गर्दै ओलीले भने- 'उखानटुक्काको आशा गर्नेले निराश हुनुपर्दैन'



पहिलोपोस्ट

आफ्नै किताब 'म प्रधानमन्त्री हुँदा' सार्वजनिक गर्दै ओलीले भने- 'उखानटुक्काको आशा गर्नेले निराश हुनुपर्दैन'

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुस्तकले देशको समस्या समधानमा सहयोग गर्ने दाबी गरेका छन्।
 
शर्मा प्रधानमन्त्री हुँदा सम्बोधन गरिएका घोषणा र अन्य विषयलाई समेटेर तयार पारिएको उनकै पुस्तक 'म प्रधानमन्त्री हुँदा' लोकार्पणमा बोल्दै ओलीले आफ्ना उखानटुक्का खोज्ने पाठक पुस्तकबाट निराश बन्नुपर्ने अवस्था नआउने बताए।
'जे विचार हो त्यो छ, मैले सिद्धान्त प्रतिपादन गर्न भने खोजेको होइन,' उनले भने, 'तर देशको समस्या समाधान गर्ने बाटो पुस्तकमा देखाएको छु।'
 
पाँच खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा ओली प्रधानमन्त्री हुँदा राष्ट्रका नाममा तथा व्यवस्थापिका संसदमा सम्बोधन गरिएका कुरा लेखिएका छन्। दोस्रो खण्डमा मित्रराष्ट्रको भ्रमण र सम्बन्धबारे उल्लेख छ। बाँकी खण्डमा विकास, समृद्धि लगायतका विषय समेटिएका छन्।फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell