PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीकै पार्टीका सांसद् भन्छन्- 'अब राज्यविरुद्ध विद्रोह हुन्छ'



पहिलोपोस्ट

प्रधानमन्त्रीकै पार्टीका सांसद् भन्छन्- 'अब राज्यविरुद्ध विद्रोह हुन्छ'

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले थारुहरुका माग सम्बोधन नभए राज्यविरुद्ध विद्रोह हुने चेतावनी दिएका छन्।
 
शुक्रबार रिपोटर्स क्लब पुगेका मोदीले सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव जस्ताको तस्तै पारित गरे तत्कालै विद्रोह हुने भन्दै त्यसका लागि गृहकार्य समेत भइरहेको बताए।
 
‘टीकापुर घटना एउटा नमुना मात्रै हो, यदि थारु, आदिवासी, मधेसीहरुका माग सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने विद्रोहलाई रोक्न सक्दैन्,’ मोदीले भने, ‘यदि माग सम्बोधन गर्न सरकारले ढिलासुस्ती गर्‍यो भने चाहेर पनि हाम्रो देश हाम्रो हातमा रहँदैन।’ उनले कसका हातमा पुग्छ भन्ने चाहिँ खुलाएनन्।
 
मोदीले कैलाली-कञ्चनपुरलाई नवलपरासीदेखि बर्दियासम्मको प्रदेशमा जोड्नुपर्ने र झापा, मोरङ, सुनसरी, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनुपर्ने बताए। अहिलेको सरकारले त्यसको विपरीत संशोधन प्रस्ताव लगेको भन्दै यो प्रस्ताव जस्ताको तस्तै पारित भए विद्रोहमा जाने बताए।
 
मोदीले थारुका माग सम्बोधन नगरी सरकारले जबरजस्ती चुनावको मिति घोषणा गरे त्यसको प्रतिकारमा उत्रिने समेत चेतावनी दिए। ‘हाम्रा माग सम्बोधन नभईकन चुनाव घोषणा गरिए, हामी कुनै हालतमा मान्दैनौ,’ उनले भने।
 
तपाईंलाई पार्टीले कारबाही गर्न सक्दैन पार्टीविरुद्ध बोल्दा? भन्ने प्रश्नमा मोदीले भने, 'म लोकसेवा पास गरेर जागिर खान आएको होइन, कसैले कारबाही गरे भने जनतामा जान्छु जनताकै सिन्दुर पहिरिएर संसद्मा आएको हुँ।'
 
सरकारले समस्या समाधान गरेन
उनले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि संशोधन गरेर समस्या समाधान गर्न गम्भीर नभएको बताए।
 
‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भीर बन्नुभएन,' उनले भने, 'उहाँ सफल पनि हुन सक्नुभएको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell