PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लागे यसरी हुनेछ हलचल



पहिलोपोस्ट

मेक्सिको र अमेरिकाको सिमानामा पर्खाल लागे यसरी हुनेछ हलचल

अमेरिका र उसको छिमेकी देश मेक्सिकोबीचको सम्बन्ध धेरै नै पुरानो हो। तर यो सम्बन्ध अब तनाव र अन्यौलतातिर धकेलिएको छ।
 
तर उनीहरू बीचको सम्बन्ध अझै पनि पूर्ण रूपमा भने बिग्रिएको छैन। सम्बन्धमा दरार भने अवश्य देखिएको छ। बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिको सिमानामा पर्खाल लगाउने एउटा महत्त्वपूर्ण कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। ट्रम्पको यो योजना सार्वजनिक भएपछि मेक्सिकोका राष्ट्रपति एनरिक पेना निएटोले ३१ मार्चको लागि तय भएको आफ्नो अमेरिका भ्रमण कार्यक्रम रद्द गरेका छन्।
 
यो पर्खाल निर्माणमा लाग्ने खर्च मेक्सिकोबाट असुल गराउने ट्रम्पको चुनावी अभियानको प्रमुख वाचा मध्येको एक थियो।
 

पर्खाल लागेपछि केके बद्लिनेछ?

  • सम्बन्धमा चिरा
मेक्सिको र अमेरिकाबीच पछिल्लो तीन दशकमा सहयोग बढेको छ। सहयोग व्यापार वा शिक्षा क्षेत्र जुनैमा बढे पनि पछिलो पटक दुवै सरकारका बीचमा प्रतिस्पर्धा भइरहेको पनि प्रस्टै देख्न सकिन्छ।
 
मेक्सिकोस्थित सेन्टर फर इन्टरनेशनल स्टडिजका सोलेडाड लोएजाले यही वातावरणमा सम्बन्ध सुधारको आशा गर्न नसकिने बताएका छन्। मेक्सिकोका अधिकांश मानिसलाई अमेरिका आफ्नो लागि खतरा लाग्छ र अन्य धेरै अमेरिकी पनि यस्तै ठान्दछन्। यस्तो भावनालाई बदल्नु कठिन काम हो।
 
  • शरणार्थीमाथि लाग्नेछ अङ्कुश

पर्खालले हरेक दिन अमेरिका प्रवेश गर्न प्रयत्न गर्ने हजारौँ मेक्सिकोवासीमाथि अङ्कुश लगाउने छ। तर पनि मेक्सिकोसित जोडिएको सिमानामा पर्खाल लगाउनु कुनै नयाँ काम भने होइन। करिब १०५० किलोमिटर सिमानामा पर्खाल लगाइएको छ र यसले आप्रवासीको लागि अमेरिका छिर्न निकै चुनौती थपेको छ।
 
  • व्यापारमा पर्नेछ असर
मेक्सिको आफ्नो कूल निर्यातको ८० प्रतिशतसम्म अमेरिकालाई पठाउने गर्छ। दुवै देशका बीचमा प्रतिमिनेट करिब १० लाख अमेरिकी डलरको व्यापार हुने गर्छ।
 
ट्रम्पले मेक्सिकोबाट आउने सामानमा २० प्रतिशत कर लगाउने कुरा गरेकाले मेक्सिकोका लागि कारोबार गर्न अब नयाँ सम्बन्ध खोज्नुपर्ने बाध्यता हुनेछ। साथै ट्रम्पले नर्थ अमेरिकन फ्री ट्रेड एग्रिमेंट (नाफ्टा) माथि फेरि पनि विचार गर्ने घोषणा गरेका छन्।
 
  • सिमानामा बढ्नेछ जोखिम
सिमानामा पर्खाल लागेपछि मान्छे अमेरिकामा घुस्ने दोस्रो विकल्पको खोजी गर्नेछन्। यसबाट उसलाई भौतिक रूपमा पनि जोखिम बढ्नेछ। सन् १९९५ बाट (जबदेखि मेक्सिकोको सिमानामा अवरोध सिर्जना हुन थाल्यो) अमेरिकामा घुस्ने कोसिस गरिरहेका लगभग ७००० व्यक्तिको मृत्यु भएको छ।
 
मेक्सिकोमा गैरकानुनी ढङ्गबाट छिर्नेको सङ्ख्या कि स्थिर छ कि भने त्यसमा कमी आउँदैछ। वासिङ्गटनस्थित पेव स्टडी सेन्टरको तथ्याङ्कअनुसार २००९ पछि विना कागजपत्र अमेरिका आउने मेक्सिकन्सहरूको सङ्ख्यामा कमी आएको छ।बिबिसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell