PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

निर्वाचनमा आयोगमा दलीय भागवण्डा, यस्तो छ सिफारिस भएका आयुक्तहरुको पृष्ठभूमि



पहिलोपोस्ट

निर्वाचनमा आयोगमा दलीय भागवण्डा, यस्तो छ सिफारिस भएका आयुक्तहरुको पृष्ठभूमि

काठमाडौँ : संवैधानिक परिषद्ले निर्वाचन आयोगमा तीन आयुक्त नियुक्तिका लागि प्रस्ताव गरेको छ। परिषद्को बैठकले ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार साहलाई नियुक्तिका लागि प्रस्ताव गरेको हो। 

उनीहरुलाई संसदीय सुनुवाईको प्रक्रिया पछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक प्रावधान छ।

सिफारिस भएका पौडेल र दाहाल पूर्व सचिव हुन् भने साह पूर्व सहसचिव हुन्। पौडेल अख्तियारका प्रवक्ता हुँदै जल तथा ऊर्जा आयोगका सचिव तथ रक्षा सचिव समेत भएका थिए। दाहाल भने संविधानसभा निर्वाचनका बेला निर्वाचन आयोगका सचिव थिए। 

पौडेल कांग्रेस निकट मानिन्छन् भने दाहाल नेकपा एमाले र साह नेकपा माओवादी केन्द्र निकट हुन्।

पाँच आयुक्त रहने निर्वाचन आयोगमा हाल दुई आयुक्त छन्। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र ईला शर्मा आयुक्त छन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell